चुरेमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी : कैलालीको चुरेमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

चुरे गाउँपालिका-६ बुङगा बस्ने ३६ वर्षकी निर्मला देवी थापाको बुधवार रुखबाट लडेर मृत्यु भएको हो । थापा घर नजिकै जंगलमा स्याउला काटने क्रममा रुखबाट लडेर गम्भिर घाईते भएकी थिइन् ।

उनलाई उपचारको लागि अत्तरिया अस्पताल अत्तरिया लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...