कैलालीको बर्दगोरियामा एक घरमा आगलागी

धनगढी : कैलालीमा एक घरमा आगलागी भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका ३ बुटकुवा स्थित जोगि विकको घरमा गएराति ११ बजेर ३० मीनेटको समयमा आगलागी भएको हो।

आगलागी हुँदा घर र घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भँडावर्तन लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

मानविय तथा चौपाया क्षती नभएको, क्षतिको विवरण आउन वाँकि रहेको जनाइएको छ।

Deep Jyoti Pustak psl
Loading...