धनगढी : कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया बजारबाट बझाङको जयपृथ्बी नगरपालिका–१० बस्ने २२ वर्षीय बिशाल सिंह र २० वर्षीय घर्मेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुको साथबाट ७ ग्राम ६८० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यसैगरी धनगढी उपमहानगरपालिका–११ बेलाबाट सोही ठाउँ बस्ने २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरी पक्राउ परेका छन्।
८ ग्राम ५८० मिलिग्राम खैरो हेरोइन फेला पारी दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिकाटोल, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। चारै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
