धनगढीमा जेन्जीमाथि गरेको हातपातको छानबिन र कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

धनगढी : एमाले नेता महेश बस्नेतविरुद्ध बुधबार गरिएको प्रदर्शनका क्रममा जेन्जी युवामाथि एमाले युवा संघका कार्यकर्ताले गरेको हातपातको छानबिन र कारबाहीको माग गर्दै जेन्जी समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।

शुक्रवार जेन्जी सुदूरपश्चिमका संयोजक खेमराज साउँदसहितका जेन्जी अगुवाले गृहमन्त्री अर्याललाई भेटेर कुटपिट गर्ने माथि कारबाही गर्न माग गरेका हुन्। यसअघि बिहीवार धनगढीका जेन्जीहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमा लिखित निवेदन दिएका थिए।

उनीहरूले शान्तिपूर्ण आन्दोलनमा युवा संघका कार्यकर्ताहरूले धम्की दिँदै आक्रमण गरेको दाबी गर्दै छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका थिए।

Deep Jyoti Pustak psl
Loading...