कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीको धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी–१९ चाँदकीपार्क र भजनी–७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४० हजार १ सयको सामान प्रहरीले बरामद गरेको हो।

दुबै स्थानबाट प्रहरीले विभिन्न किसिमका भाँडावर्तन, सिद्रामाछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...