कैलाली-४ बाट एमालेको महाधिवेशनका लागि ६ जना प्रतिनिधि निर्वाचित

अत्तरिया : एमालेको एघारौं महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट ६ जना प्रतिनिधि निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा सहमति नजुटेपछि शनिबार भएको निर्वाचनबाट १२ जना प्रतिष्पर्धी मध्ये ६ निर्वाचित भएका हुन् ।

गएराति सार्वजनिक भएको मतपरिणाम अनुसार खुल्ला प्रतिनिधिबाट चक्र बहादुर बोहरा, नर बहादुर तामाङ र भिम बहादुर देउवा निर्वाचित भएका छन् भने महिलाबाट रत्ना कुवँर जोशी र शान्ति देवी सिंह निर्वाचित भएका हुन् । यस्तै ४० बर्ष मुनिका युवाबाट सुद्धिराम चौधरी निर्वाचित भएका छन् ।

खुल्ला प्रतिनिधिबाट चक्र बहादुर बोहराले ४८५ मत, नर बहादुर तामाङले ५०५ मत र भिम बहादुर देउवाले ५२५ मत ल्याउँदा आनन्द प्रसाद भट्टले २७७ मत, टिकाराम आचार्यले २७८ मत र राम बहादुर श्रेष्ठले २०३ मत प्राप्त गरेका छन् । महिला प्रतिनिधिबाट रत्ना कुवँर जोशीले ५०६ मत र शान्ति देवी सिंहले ४८० मत ल्याउँदा ईश्वरी देवी आचार्यले २२४ मत र गंगा कुमारी चौधरीले २७४ मत प्राप्त गरेकी छन् । यस्तै ४० बर्ष मुनिका युवा प्रतिनिधिबाट सुद्धिराम चौधरीले ५४५ मत ल्याउदा यज्ञराज कापडीले २२८ मत प्राप्त गरेका छन् ।

शनिबार बनखेत स्थित एमाले गोदावरी नगरकमिटीको पार्टि कार्यालयमा भएको मतदानमा कुल ३ हजार १ सय ३९ जना सदस्य मध्ये ८ सय ८२ जनाले मतदान गरेको निर्वाचन कमिटि संयोजक नरेन्द्र राज शर्माले जानकारी दिए ।

कैलाली क्षेत्र नम्बर ४ गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका र चुरे गाउँपालिका गरि ३ पालिकामा रहेका एमालेमा आवद्ध संगठित सदस्य र सदस्यता नविकरण गरेका निर्वाचन कमिटिले सार्वजनिक गरेको नामावलीमा नाम रहेकाले मतदान गरेका थिए । एघारौं महाधिवेशनका लागि नेकपा एमालेले शनिबार देशैभरी प्रतिनिधि छनोट गरेको छ ।

निर्वाचित प्रतिनिधीहरुले यहि मंसिर २७ गतेदेखी २९ गतेसम्म काठमाडौंमा हुने पार्टीको महाधिवेशनमा सहभागी भई मताधिकार प्रयोग गर्न पाउने छन् ।

Loading...