धनगढी : कैलालीको गोदावरीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका-५ गेटाको भित्रि सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको बसको ठक्करबाट स्थानीय १३ वर्षीय अनुप महराको मृत्यु भएको हो ।
शनिबार चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ बस्ने ४४ वर्षीय पतिराम डगौराले चलाएको से १ क ११८२ नम्बरको (श्री बिद्याभुषण पब्लिक स्कुलको) बसले सोहि दिशा तर्फ जाँदै गरेको साइकल यात्री गोदावरी नगरपालिका-५ बस्ने १३ वर्षीय अनुप महरालाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए ।
घाईते महरालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा सोही दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
