सुदूरपश्चिममा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिँदै

धनगढीः अन्तर्राष्ट्रिय अपाङ्गता दिवस-२०८२ का अवसरमा सुदूरपश्चिम प्रदेशमा विविध कार्यक्रमहरू संचालन गर्ने तयारी गरिएको छ । शुक्रबार अपाङ्गता अधिकार अभियान सुदूरपश्चिम समितिले धनगढीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिएको हो ।

मंसिर १४ देखि १७ गतेसम्म विभिन्न संघ-संस्था र संयोजन समितिहरूसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको अभियान संयोजक नन्दराज भट्टले बताए । सफल नेपाल, अटिजम केयर सेन्टर, नेत्रहीन संघ, डाउन सिन्ड्रोम समाज, बौद्धिक अपाङ्गता अभिभावक संघ, लगायतका विभिन्न १२ अपाङ्गता सम्बद्ध संघ-संस्था प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम गरिने छ ।

जस्मा मंसिर १४ गते ह्विलचियर दौड तथा ह्विलचेयर बास्केटबल प्रतियोगिता, मंसिर १५ गते चित्रकला तथा म्युजिकल चियर खेल प्रतियोगिता, मंसिर १६ गते वक्तृत्वकला तथा हाजिरी जवाफ प्रतियोगिता, मंसिर दृष्टिविहीन क्रिकेट प्रतियोगिता, मंसिर १६ गते दीप प्रज्वलन कार्यक्रम, मंसिर १७ गते झाँकी तथा जागरण र्याली र मंसिर १७ गते नै टाउन हल मिटिङ तथा अधिकार संवादको आयोजना गरि सप्ताह व्यापी कार्यक्रमको समापन गरिने कार्यक्रम संयोजक नन्दराज भट्टले जानकारी दिए ।

अभियानका संयोजक भट्टले पत्रकार सम्मेलन मार्फत सम्पुर्ण सरोकारवाला निकायहरूलाई सक्रिय सहभागिताका साथ कार्यक्रम सफल पार्न आग्रह गरेका छन् ।

Deep Jyoti Pustak psl
Loading...