अत्तरिया : कैलालीमा मोबाइल व्यवसायीहरूको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा गोदावरी मोबाइल व्यवसायी संघ विजयी बनेको छ ।
शनिवार आयोजना गरिएको मैत्रीपूर्ण प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम सेल्स टिमलाई ४३ रनले पराजित गर्दै गोदावरी मोबाइल व्यवसायी संघ विजय बनेको हो ।
टस जितेर ब्याटिङ रोजेको गोदावरी मोबाइल व्यवसायी संघले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनायो । १४३ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सुदूरपश्चिम सेल्स ले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो ।
प्रतियोगिता जितेसँगै गोदावरी मोबाइल व्यवसायी संघले ट्रफी सहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा कुल ४ टिमले सहभागिता जनाएका थिए । जसमा फाइनल खेलेका टिम सहित धनगढी डिलर एसोसिएसन र धनगढी मोबाइल रिटेल संघ रहेका थिए ।
मैत्रीपूर्ण रूपमा आयोजना भएको प्रतियोगिताले मोबाइल व्यवसायीहरूमा एकजुटता ल्याउने विश्वास गरिएको छ ।
