गृहमन्त्री अर्यालले गरे गेटा अस्पताल र गौरीफन्टा नाकाको अवलोकन

धनगढी : गृहमन्त्री ओमप्रकाश अर्यालले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसममा रहेको अस्पताल र विश्वविद्यालय परिसरको अवलोकन गरेका छन्।

भोलि हुने प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि धनगढी आएका गृहमन्त्री अर्याल धनगढी विमानस्थलबाट सुरूमै गेटा स्थित गेटा अस्पतालमा पुगेका हुन्। उनले त्यहाँ पुगेर सरसर्ती अस्पतालको अनुगमन गरेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए।

गृहमन्त्रीले अवलोकनकै क्रममा अस्पतालको बारेमा त्यहाँ कार्यरत चिकित्सकहरूले सामान्य जानकारी गराएका थिए।

यस्तै गृहमन्त्री अर्यालले गौरीफन्टा नाकाको अवलोकन गरेका छन्। गृहमन्त्री अर्याल नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुबैजना महानिरीक्षक तथा प्रदेश र जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँगै सीमानाकाको अवलोकन गरेका हुन्।

गृहमन्त्री अर्यालले नाकास्थित कार्यालयहरूको निरीक्षण गरेका छन्।

Deep Jyoti Pustak psl
Loading...