कैलालीको धनगढीमा सिडेन सुदूरपश्चिम प्रादेशिक कार्यालय उद्घाटन

धनगढी : सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय कैलालीको धनगढीमा उद्घाटन गरिएको छ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको कार्यालयको उद्घाटन सिडेनका केन्द्रीय सभापति रविभुषण झाले गरेका हुन्। सिडेनका प्रदेश सभापति रोशनप्रसाद भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान उपसभापति लक्षित पाठकले राखे।

कार्यक्रममा सिडेनका प्रदेश तथा जिल्लास्तरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम संचालन सिडेनका सहसचिव किरण रावलले गरेका थिए। सुदुुरपश्चिम प्रदेशमा सिडेनको प्रादेशिक कार्यालय स्थापना भएको समितिमध्ये यो पहिलो हो। -रासस

Deep Jyoti Pustak psl
Loading...