सुदूरपश्चिमका पाँच ब्राह्मण जो दलित बस्तिमै पुगेर गर्छन बैदिक कर्मकाण्ड

अत्तरिया : सुदूरपश्चिमका पाँच जना ब्राह्मण, आचार्य तथा गुरु पुरोहितहरुले दलित बस्तिमै पुगेर बैदिक कर्मकाण्ड गर्ने गरेका छन।

बैतडीका आचार्य गणेश प्रसाद पन्त पंचाङ्गकार, डडेल्धुराका शुरेश पार्की (सनातनी आर्य) बैदिक पुरोहित, कंचनपुरका आचार्य कृष्ण दमाइ, बैतडीका मदन शर्मा र डोटीका गायत्री परिवारका सक्रिय कार्यकर्ता पंडित बलराम धामीले दलित बस्तिमै पुगेर कर्मकाण्ड गर्ने गरेका हुन।

आचार्य पन्तले २६ बर्षदेखी दुइ हजार सात सय कर्मकाण्ड, आचार्य दमाइले कर्मकाण्ड गर्दै आएका र ऐतिहासिक पशुपति कोटिहोमको ब्यासासनबाट प्रवचन सहित कर्मकाण्ड , बैदिक पुरोहित पार्किले ७ बर्षदेखि दुइ हजार पाँच सय कर्मकाण्ड, शास्त्री शर्माले ३ बर्षदेखि पाँच सय एकहत्तर कर्मकाण्ड, गायत्री परिवार धनगढीका सक्रिय कार्यकर्ता पंडित धामीले ३८ बर्षदेखि दैनीक २/३ कर्मकाण्ड गर्दै आएका छन।

दलित समुदायका घर–घरमा पुगेर वैदिक विधिबाट धार्मिक कर्मकाण्ड सम्पन्न गराउँदै आएका छन्। जातीय विभेद हटाउने उद्देश्यसहित उनीहरुले धम्की र दबाबका बीच पनि आफ्नो अभियान निरन्तर जारी राखेका छन्। पन्तका अनुसार दलित समुदायमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत हजारौँ धार्मिक अनुष्ठान सम्पन्न गरिसकेका छन।

सामाजिक कुरीति हटाउन बिभिन्न समुदायका व्यक्तिलाई जनै धारण गराउने गरेका छन। उनका अनुसार धर्मग्रन्थमा दलित वा महिलामाथि कुनै विभेद नभएकाले समाजमा अझै कायम रहेका छाउपडी, जातीय भेदभाव र धार्मिक असमानता अन्त्यका लागि धार्मिक अगुवाहरूले नेतृत्व लिनुपर्छ। दलित बस्तीमा कर्मकाण्ड गर्दै उनीहरु त्यहीँ भोजन ग्रहणसमेत गर्छन्।

दलित समुदायभित्रै पनि परस्पर विभेद देखिँदा उनीहरुले असन्तोष व्यक्त गरेका छन्। । सामाजिक सञ्जालमा गालीगलौज सहनुपरे पनि उनी आफ्नो मार्गबाट विचलित भएका छैनन्। दलितमाथि विभेद गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने मागसमेत उनले राखेका छन्। उनका भनाइमा, धर्मशास्त्र अनुसार महिला र पुरुष मात्र दुई जाति हुन्, मनुस्मृतिजस्ता विभेदकारी ग्रन्थ संशोधन हुनु आवश्यक छ।

उनको दीर्घकालीन योजना अनुुसार प्रत्येक हिन्दहरुको घरघरमा वेद, पुराण, शालिग्राम, तुलसीको मठ, शङ्ख–घण्ट र पाञ्चायन देवता अनिवार्य रूपमा स्थापना गराउदै आएका छन। बिभिन्न माध्यमबाट सबै बैदिक हिन्दु सनातनीहरुलाइ श्रीमद्भगवत गीता बितरण निसुल्क रुपमा उपलब्ध गराएका छन। निशुल्क गीता वितरण मा काठमाडौं बाट ओमकार धार्मीक सेवा समिती कफन काठमाँडौबाट सुपका नौवटै जिल्लामा श्रीमद्भगवत गीता बितरणका लागी बिसेस सहयोग रहेको छ।सहयोग कर्ता मा ॐ कार समिति का अध्यक्ष पदम बि.क.लुहार ले हरेक माध्यम बाट वैदिक हिन्दु सनातन बचाउन अहोरात्र खटिनु भएको छ।

Deep Jyoti Pustak psl
Loading...