गेटामा आगलागीबाट क्षतिग्रस्त भएको ट्रेडर्सलाई उद्योग वाणिज्य संघद्वारा सहायता

धनगढी : आगलागिबाट क्षेती ग्रस्त गोदावरी नगरालिका ५ गेटामा अवस्थित निशा ट्रेडर्स एण्ड सप्लायर्सलाई कैलाली उद्योग वाणिज्य संघको ५० हजार सहयोग गरेको छ।

कैलाली उद्योग वाणिज्य संघको टिमले बुधबार घटना स्थलमै पुगेर उक्त रकम सहयोग गरेको हो। संघका सदस्य प्रेम धामीका अनुसार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा, महासचिव दिनेश लम्साल, सचिव प्रकाश कुमार चन्द, कोषाध्यक्ष बोहोरा, सदस्य प्रमिला पाठक, शुभ ठाकुर, तेज बम र कार्यकारी अधिकृत दिनेश ओझा लगायतको टिमले देउवा परिवारलाई सहयोग रकम हस्तान्त्रण गरेको थियो।

निशा ट्रेडर्स एण्ड सप्लायर्समा आगलागीबाट झण्डै डेढ करोड बराबरको क्षति भएको छ।

Deep Jyoti Pustak psl
Loading...