कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

Dhangadhi_Tihar 2083

कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–४ बसपार्क, २ नम्वर गल्ली र भीमदत्त नगरपालिका–१० सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ६८ हजार ३५४ मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको आईफोन कभर, बेलुन, झालर, हल्दि सेट, पाउडर, गिफ्ट पेपर, कलर गन, अन्न परासन, जुत्ता, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कैलालीको भजनी नगरपालिका–५ जसबहादुर घाटबाट ३५ हजार बराबरको बिडी इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

Loading...