धनगढीकी एक युुवती पक्राउ

धनगढी : चेक अनादर मुद्दामा फरार धनगढीकी एक युुवती पक्राउ परेकी छिन्।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद सजाय र १ हजार जरीवाना तोकिएकी धनगढी उपमहानगरपालिका–२ बस्ने २२ वर्षकी सिता कुमारी शाही पक्राउ परेकी हुन्।

शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...