कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचमा कडाइ

धनगढी : कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ।

जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेलाई जाँचमा कडाइ गरिएको हो। सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्ति तथा समूह अवैध तरिकाले प्रवेश गर्नसक्ने हुँदा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

“सुरक्षा चुनौतिलाई दृष्टिगत गरेर जाँचमा कडाइ गरिएको हो”, उनले भने, “शंकास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरुमा जानकारी गरी सहयोग गरी दिनहुन सबैमा अनुरोध गरिन्छ।”

परिचय नखुलेका अपरिचित व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास नगराउन तथा कुनै कामकाजमा नलगाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोधसमेत गरेको छ। -रासस

Deep Jyoti Pustak psl
Loading...