९ दिन अघि महाकाली नदीमा बेपत्ता भएका युवकको शव फेला

कञ्चनपुर : महाकाली नदीमा ९ दिनअघि बेपत्ता भएका युवकको शव फेला परेको छ।

नदीमा पौडी खेल्ने क्रममा ९ दिन अघि बेपत्ता भएका कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले स्थानीयको खबरपछि घटना स्थलमा पुगेको शवको सनाखत गरिएको बताए।

बिहीबार बिहान शव फेला परेको बताईएको छ।

Deep Jyoti Pustak psl
Loading...