कञ्चनपुरमा माछासहित किरानाको सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट अवैध माछासहित किरानाको सामान बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाडा र बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४० हजार ५५० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।

भन्सार छली गरि ल्याएका चिनी, नमकिन, बिस्कुट, प्लाष्टिक झिल्ली, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...