कैलालीमा लागूऔषध र नगदसहित युवक पक्राउ

धनगढी : कैलालीबाट लागूऔषध र नगदसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–८ बढैपुर बजारबाट गिधनिया बस्ने २९ वर्षीय मनोज बस्नेतलाई १२ ग्राम ७५ मिलिग्राम लागूऔषध खैरो हेरोइन उनले प्रयोग गरेको स्कुटी १ थान, लागूऔषध तौल गर्ने तराजु १ थान, मोबाइल ३ थान र नगद ५ हजार ९५५ फेला पारी उक्त पदार्थ, नगद र समानसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...