अत्तरिया : अपाङ्गताका क्षेत्रमा काम गर्ने नेपालकै एक पुरानो संस्था नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको महासचिवमा मान बहादुर साउँद निर्वाचित भएका छन् । उक्त संस्थामा सुदूरपश्चिमबाट हालसम्म सदस्य पदमा मात्रै प्रतिनिधित्व रहँदै आएकोमा पहिलो पटक महासचिव पदमा साउँद निर्वाचित भएका हुन् ।
साउँदले यसअघि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुप प्रदेशकाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् भने उनी अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी विद्यालयका स्थापक अध्यक्ष पनि हुन ।
जोरपाटी काठमाडौँस्थित केन्द्रीय कार्यालयको आयोजना र कैलाली शाखाको व्यवस्थापनमा शुक्रवार धनगढीमा आयोजित ३७ औँ केन्द्रीय साधारण सभा तथा अधिवेशनबाट निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको थियो ।
अधिवेशनबाट केन्द्रीय अध्यक्षमा साम्देन लामा र कोषाध्यक्षमा पुण्य प्रसाद सापकोटा चयन भएका छन् । यसै गरी सदस्य पदमा मनमाया भण्डारी, भगवती बुढाथोकी, उषा ओली कार्की, दिनेश घिमिरे,दीपेन्द्र बहादुर सिंह,खेमराज भण्डारी,सेर सिंह खड्का,भक्त राज उप्रेती, कुमारी पुष्पा रोकाया,नरेन्द्र प्रसाद जैसी,नन्दा भट्ट, गोविन्द मल्ल र दुर्गा कुमारी चौधरी निर्वाचित भएका छन् ।
शुक्रवार लाम्दल लामाको अध्यक्षतामा भएको साधारण सभाका प्रमुख अतिथि सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य उषा कार्की, विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधि, केन्द्रीय समितिका पदाधिकारी, कर्मचारी, राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका वर्तमान अध्यक्ष कृष्ण प्रसाद धमला, राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका निवर्तमान अध्यक्ष मान बहादुर साउँद, लगायतको सहभागिता रहेको थियो । साधारण सभा आर्थिक वर्ष २०८२/८३ का भावी कार्यक्रमहरू प्रस्तुत गर्दै सम्पन्न भएको थियो ।
