चोरी मुद्दाका फरार प्रतिवादी कैलालीमा पक्राउ

कैलाली : जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयनको क्रममा जिल्ला कैलाली, धनगढी नगरपालिका–२ बस्ने २७ वर्षीय करन रतौकीलाई प्रहरीले पक्राउ गरेको छ।

Dhangadhi_Tihar 2083

जिल्ला अदालतको फैसला अनुसार करन रतौकीलाई चोरी मुद्दामा १ महिना ७ दिन कैद सजाय तोकिएको थियो। प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको टोलीले मिति २०८२।०८।२० गते उनलाई निजकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउपछि उनलाई अदालतको फैसला अनुसार कारवाही अघि बढाउने प्रक्रिया सुरु गरिएको छ।

Loading...