धनगढी : कैलालीको धनगढीमा खैरो हेरोइनसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ चौराहबाट कञ्चनपुरको लालझाडी गाउँपालिका–५ बस्ने २७ वर्षीय गोविन्द विष्ट पक्राउ परेका हुन्।
विष्टको साथबाट ५ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
