चोरी मुद्दामा फरार चार युवक पक्राउ

धनगढी : चोरी मुद्दामा फरार धनगढीका चार युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २ वर्ष कैद सजाय र २० हजार जरिवाना तोकिएको धनगढी–१४ डि गाँउ बस्ने २३ वर्षीय आसबिन पौडेल क्षेत्री, धनगढी–१४ डि गाँउकै २२ वर्षीय आशिष सुनार रहेका छन्।

यस्तै चोरी मुद्दामै २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी–३ बस्ने २१ वर्षीय सुबिर डगौरा र सोही ठाउँकै २४ वर्षीय राज चौधरी रहेको प्रहरीले जनाएको छ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ।

Deep Jyoti Pustak psl
Loading...