अत्तरिया : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भिम बिष्ट सर्वसम्मतरूपमा चयन भएका छन् । यहि मंसिर २० र २१ गते कैलालीको धनगढीमा सम्पन्न प्रदेशको लोकदोहोरी गीत प्रतिष्ठानको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनले बिष्टको अध्यक्षमा नयाँ कार्यसमिती सर्वसम्मतरूपमा चयन गरेको हो ।
समितिमा वरिष्ठ उपाध्यक्ष प्रेम विवश चन्द, प्रथम उपाध्यक्ष सुरज शाह, द्वितीय उपाध्यक्ष लिलाधर भट्ट, महिला उपाध्यक्ष सरस्वती दाहाल रहेका छन् । त्यस्तै सचिवमा लोकप्रसाद खनाल, महिला सचिवमा सरिता कठायत, कोषाध्यक्ष नवीन साउद, सहसचिव प्रभुराज पाण्डे, सहकोषाध्यक्ष दुर्गादेवी सापकोटा तथा मनोनीत सहसचिवमा बल बोगटी चयन भएका छन् ।
सदस्यहरूमा शान्ति फुलारा, निर्मला पौडेल जोशी भण्डारी, कृष्णा सिराडी, रमेश सिंह भण्डारी, सुरेश चन्द, अनिता बिष्ट, गोपालबहादुर बुढा, भीमबहादुर बिष्ट, गौरी ओझा, गणेश सुनार, डबल ताडी र सुरेन्द्र ताम्राकार चयन भएका छन् ।
नयाँ कार्य समितीले लोक तथा दोहोरी गीतको संरक्षण,संवर्द्धन र प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्य लिईएको छ ।