सुदूरपश्चिम महोत्सवमा विभिन्न क्षेत्रका ६ अग्रणी व्यक्तित्व सम्मानित

अत्तरिया : धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा विभिन्न क्षेत्रका छ जना अग्रणी व्यक्तित्वलाई कैलाली उद्योग वाणिज्य संघले सम्मान प्रदान गरेको छ।

प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले सम्मानित व्यक्तिहरूलाई कदरपत्र हस्तान्तरण गर्दै उनीहरूले क्षेत्रीय विकासमा पु¥याएको योगदानको प्रशंसा गरे।

उद्योग–व्यवसायतर्फ सनलाइट होटलका सञ्चालक कलम बम सम्मानित भए। लामो समयदेखि होटल व्यवसायमा सक्रिय बम हाल धनगढीमा पाँचतारे होटल सञ्चालनको तयारी गर्दै होटल क्षेत्रमा नयाँ अध्याय थप्ने प्रयासमा छन्।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएका सेती प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र र माया मेट्रो हस्पिटलका प्रबन्ध निर्देशक तथा वरिष्ठ नवजात शिशु–बालरोग विशेषज्ञ डा. मोहन साउँदलाई महोत्सवले विशेष कदर गर्दै सम्मानित ग¥यो। दुवै चिकित्सक स्वास्थ्य सेवा उन्नयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

समाजसेवा क्षेत्रमा निरन्तर सक्रिय सिबी चन्दले पनि यस वर्षको सम्मान पाए। लायन्स क्लब इन्टरनेशनलमार्फत सामाजिक सेवा कार्यमा संलग्न चन्द सिद्धार्थ शिशु सदनका प्रधानाध्यापकका रूपमा पनि सक्रिय छन्।

भाषा तथा साहित्य क्षेत्र समृद्ध बनाउन योगदान पु¥याउँदै आएका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीलाई साहित्य–सम्मान प्रदान गरिएको छ।

जोशी लामो समयदेखि प्रदेशको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनमा सक्रिय रहँदै आएका छन्।

कृषि क्षेत्रमा नवप्रवर्तन र उत्पादकत्व वृद्धि गर्दै आएका रविनकान्त पन्त कृषि क्षेत्रतर्फ सम्मानित भए। पन्त माछापालनसहित विभिन्न कृषि उद्यमका माध्यमबाट कृषक समुदायलाई सक्षम बनाउने कार्यमा संलग्न छन्।

आयोजकका अनुसार सम्मानले सुदूरपश्चिमको विकास यात्रा अघि बढाउन योगदान पु¥याउने व्यक्तित्वलाई प्रेरणा र उत्साह प्रदान गर्नेछ।

Deep Jyoti Pustak psl
Loading...