बझाङका २ जना कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर : चरेश मुद्दामा फरार बझाङका २ जना कञ्चनपुरबाट पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ असार २४ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा प्रति ब्यक्ति १० महिना १६ दिन कैद सजाय र १० हजार जरिवना तोकिएपछि फरार रहेका बझाङको छबिसपाथिभारा गाउँपालिका–२ बस्ने ३८ वर्षीय महेन्द्र रोकाया र ४२ वर्षीय अम्मरबहादुर रोकाया पक्राउ परेका हुन्।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारबाट पक्राउ गरेको जनाएको छ।

Loading...