कैलालीको टीकापुरबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी : कैलालीको टीकापुरबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिकबाट जानकी गाउँपालिका–१ दुर्गौली बस्ने २२ वर्षीय निराजन भुल लागूऔषधसहित पक्राउ परेका हुन्।

भुललाई ९० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...