बेवारिसे अवस्थामा कैलालीमा १ थान भरुवा बन्दुक फेला

धनगढी : कैलालीमा बेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक फेला परेको छ।

कैलालीको भजनी नगरपालिका–९ गन्जहुवा स्थित सरस्वती सामुदायिक वन भित्र लम्की तालको छेउमा रुखको टोट्कोमा एक नाले भरुवा बन्दुक एक थान लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उक्त बन्दुक इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...