सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलको पुस्तक भारतको एक विश्वविद्यालयको पाठ्यक्रममा

धनगढी : सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको ऐतिहासिक पुस्तक भारतको एसएसजे विश्वविद्यालयको पाठ्यक्रममा सूचीकृत भएको छ।

उत्तराखण्ड भारतको अल्मोडास्थित शोबनसिंह जिना युनिभर्सिटी(एएसजे)को ’ईतिहास, संस्कृति तथा पुरातत्व विभाग’ले रावलद्वारा लिखित पुस्तक ’दी हिस्ट्री अफ मिडिभल डोटी (मध्यकालिन डोटीको ईतिहास) लाई पाठ्यक्रममा राखेको हो।

Dhangadhi_Tihar 2083

विभागका प्रमुख डाक्टर गोकुल सिंह देउपाले पूर्व मुख्यमन्त्री रावललाइ मंसिर २३ गते एक पत्र पठाउँदै उक्त पुस्तक विश्वविद्यालयको पाठ्यक्रममा राखिएको जानकारी दिएका छन्।

देउपाद्वारा लिखित पत्रमा भनिएको छ ’तपाईको पुस्तक ’दी हिस्ट्री अफ मिडिभल डोटी’लाई विश्वविद्यालयको सन्दर्भ पुस्तकको रुपमा सूचीकृत गरिएको जानकारी गराउन पाउँदा हामी खुसी छौँ।’ रावललाइ लेखिएको पत्र अनुसार विश्वविद्यालयको विशेषज्ञ अध्ययन समितिको स्विकृतिपछि कार्यान्वयनमा जानेछ।

अँग्रेजी भाषामा प्रकाशित पुस्तक लेख्न रावलले डेढ दसक अनुसन्धान गरिएको बताए। ’मैले १७ बर्ष अनुसन्धान गरेर लेखेको पुस्तक हो, एसएसजे विश्वविद्यालयले सन्दर्भ सामाग्रीमा सुचिकृत गर्न लागेको थाहा पाउँदा खुसी लागेको छ’ एमाले नेता समेत रहेका रावल भन्छन् ’भारतको उत्तराखण्डसम्म फैलिएको मध्यकालीन डोटी राज्यको इतिहासबारे विस्तृत रुपमा समेटिएको छ।’

यो पुस्तकलाइ सुदूरपश्चिम विश्वविद्यालयले समेत गत बर्षदेखि सन्दर्भ सामाग्रीको रुपमा राखेको छ।

Loading...