कैलालीमा लागूऔषधसहित युवक पक्राउ

धनगढी : कैलालीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

जिल्लाको जानकी गाउँपालिका–५ घर भई हाल लम्कीचुहा नगरपालिका–३ ब्यवस्थितनगरमा कोठा गरि बस्ने २८ वर्षीय सुनिल कुमार चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्।

चौधरीको कोठा खानतलासी गर्दा उनको कोठाबाट ८ ग्राम ५८० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय लम्की, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

Loading...