गौरीगंगामा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने

कैलाली : कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ को आयोजनामा तथा माया मेट्रो हस्पिटलको सहकार्यमा पुस ४ गते शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने।

शिविर पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।शिविरमा मुटुरोग विशेषज्ञ, बाल शल्यचिकित्सक विशेषज्ञ तथा जनरल मेडिसिनका चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नेछन्। शिविरमा सहभागी सेवाग्राहीहरूलाई आवश्यक निःशुल्क औषधि समेत वितरण गरिनेछ।

आयोजकले स्थानीय बासिन्दालाई शिविरको अधिकतम लाभ लिन आग्रह गरेका छन्।

Deep Jyoti Pustak psl
Loading...