बिभिन्न मुद्दामा फरार धनगढीका ५ जना पक्राउ

धनगढी : सवारी ज्यान र लागूऔषध मुद्दामा फरार धनगढीका ५ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने भोज राज के.सी, लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–८ बस्ने प्रदिप चौधरी, १ महिना १५ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–३ बस्ने बिशाल बिश्वकर्मा, धनगढी उपमहानगरपालिका–२ बस्ने खगेन्द्र बहादुर सिंह र धनगढी उपमहानगरपालिका–३ बस्ने सागर राजी पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका पाँचै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...