फालिएको अवस्थामा धनगढीमा नवजात शिशु फेला

धनगढी : कैलालीको धनगढीमा फालिएको अवस्थामा एक नवजात शिशु फेला परेकी छिन्।

धनगढी उपहमानगरपालिका–८ भद्र टोलको नाला किनारमा आज बिहान ९ः१५ बजे नवजात शिशु (बालिका)फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शिशुलाई उद्धार गरी सेती प्रादेशिक अस्पतालमा ल्याइ उपचार भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...