कैलाली उद्योग वाणिज्य संघ र हेल्भटासबीच सहकार्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिमको प्रवद्र्धन गर्ने उद्देश्यसहित कैलाली उद्योग वाणिज्य संघ र हेल्भटासबीच सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा कैलाली उद्योग वाणिज्य संघको तर्फबाट संघका अध्यक्ष पुष्करराज ओझाले हस्ताक्षर गरेका छन्। हेल्भटासतर्फबाट भने दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना–दोस्रो, नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना–दोस्रो तथा युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम कार्यक्रमका टिम लिडरहरूले हस्ताक्षर गरेका हुन्।

कैलाली उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत दिनेशराज ओझाका अनुसार सम्झौतापछि सुदूरपश्चिम प्रदेशमा प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमका क्षेत्रमा निजी क्षेत्रको प्रभावकारी सहभागिता बढ्ने अपेक्षा गरिएको छ।

सम्झौताबारे बोल्दै संघका अध्यक्ष पुष्करराज ओझाले युवालाई श्रम बजारको मागअनुसारको सीप विकास गराई रोजगारी सिर्जना, स्वरोजगार प्रवद्र्धन तथा दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यले प्राविधिक शिक्षालाई व्यवहारमुखी, रोजगारमुखी र परिणाममुखी बनाउन सहयोग पुग्ने बताए। संघका अनुसार उक्त सम्झौताले सुदूरपश्चिम प्रदेशका युवालाई स्वदेशमै सीपमूलक रोजगारीका अवसर सिर्जना गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।

Deep Jyoti Pustak psl
Loading...