सृजनशिल गोदावरी सांस्कृतिक महोत्सवमा आउने कलाकारहरुको सूचि सार्वजनिक

अत्तरिया : सृजनशील युवा क्लबको आयोजनामा अत्तरियामा सञ्चालन हुन लागेको सृजनशील गोदावरी सांस्कृतिक महोत्सव–२०८२ मा सहभागी हुने कलाकारहरूको सूची सार्वजनिक गरिएको छ।

अत्तरियामा आयोजना हुने उक्त सांस्कृतिक महोत्सव यही पौष ९ गतेदेखि पौष १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहने छ।

महोत्सवमा अभिनेता पल शाह र प्रभात पाल ठकुरी, गायक–गायिका तर्फ रचना रिमाल, समीक्षा अधिकारी, एलिना चौहान, दुर्गेश थापा , चक्र बम, पशुपति शर्मा, प्रकाश सपूत, टंक तिमिल्सिना, शान्ति श्री परियार, अर्जुन सापकोटा, हिमाल सागर, रामजी खाँड, शान्ता रानी परियार, एञ्जिला रेग्मी, चेतन बोहरा, कुलेन्द्र परियार, गायक तथा हास्य कलाकार निशान्त परियार लगायतको प्रस्तुति रहनेछ भने नृत्यतर्फ आरुशी मगर,दुर्गा भट्ट र पूजा मगरको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

आयोजक सृजनशील युवा क्लबले महोत्सवले स्थानीय पहिचान, मौलिक संस्कृति संरक्षण तथा युवालाई सिर्जनशील गतिविधितर्फ प्रोत्साहन गर्ने विश्वास लिइएको छ। महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न मनोरञ्जनात्मक तथा व्यापारिक स्टलहरू पनि रहने जनाइएको छ।

Deep Jyoti Pustak psl
Loading...