सुप समावेशी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा सहयोग

धनगढी : कैलालीको अत्तरीया स्थित सुप समावेशी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको छ।

बुधबार अत्तरियाका दुई जना समाजसेवीले विद्यालयमा आवासीय रूपमा अध्ययनरत ७४ विद्यार्थीलाई जाकेट सहयोग गरेका हुन।

विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले चिसो मौसम बढेको बेला न्यानो लुगाले राहत पुगेको बताए।

उनले विद्यार्थीलाई चिसोमा सहयोग पुग्ने ठुलो पुण्यको काम भए पनि सहयोग दाताले भने आफ्नो परिचय सार्वजनिक रूपमा खुलाउन नचाहेको बताए।

सुप समावेशी आधारभूत विद्यालयमा शारीरिक रूपमा अपाङ्ग भएका बालबालिकाहरुले पढ्दै आइरहेका छन्।

Deep Jyoti Pustak psl
Loading...