एमालेमा उपमहासचिवसहित सुदूरपश्चिमका २५ नेता विजयी

काठमाण्डौ : सुदूरपश्चिम प्रदेशबाट नेकपा एमालेकाे केन्द्रीय कमिटीमा एक पदाधिकारीसहित २५ जना विजयी भएका छन् ।

नेतृत्व चयनका लागि भएको ११औं राष्ट्रिय महाधिवेशनबाट तत्कालीन सचिव लेखराज भट्ट उपमहासचिवमा विजयी भएका छन्।

माओवादी र एमाले एकीकरणपछि बनेकाे नेकपा विभाजनपछि एमालेमै रहेका भट्टले पाँच जना उम्मेदवार मध्ये सर्वाधिक एक हजार चार सय ५२ मतसहित विजयी भएका छन् ।

उनीसँगै उपमहासचिवमा विजयी भएका रघुबिर महासेठले एक हजार ३६८ र याेगेश भट्टराईले एक हजार ३४८ मत पाएका छन् ।

भट्ट यसअघि पार्टीको केन्द्रीय सचिव एवंम सुदूरपश्चिम इन्चार्जकाे भूमिका थिए । भट्टलाई संस्थापन पक्षले सचिवका रूपमा प्रस्ताव गरेकाे थियाे तर उनले सचिवकाे उम्मेदवार नबन्ने अडान लिएपछि उपमहासचिवका उम्मेदवार बनेका थिए ।

भट्ट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्छन् । संस्थापन इतर अथात् ईश्वर पाेखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर थापा भने पराजित भएका छन् ।

९ वटै सचिव पदमा संस्थापन पक्षका उम्मेदवार विजयी हुँदा थापाले भने ८४७ मत पाएका छन् । उनी बाजुराबाट प्रतिनित्व गर्छन् । तर थापा केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । उनले १०२६ मत पाएका छन् ।

यी हुन् भूगाेल सदस्यमा विजयी ९ नेता

एमालेकाे सुदूरपश्चिम प्रदेश भूगाेलमा समेत संस्थापन पक्षकै नेताहरू केन्दीय सदस्यमा विजयी भएका छन् ।

युवातर्फकाे केन्द्रीय सदस्यमा बैतडीका गाेविन्द गिरी , महिलातर्फकाे केन्द्रीय सदस्यमा कैलालीकि कमलाकुमारी ओली, कैलालीकै लिलाकुमारी भण्डारी विजयी भए ।

भूगोल तर्फकाे खुला केन्द्रीय सदस्यमा डाेटीका चक्रबहादुर मल्ल, डडेलधुराका पठानसिंह बाेहरा, अछामकाे यज्ञबहादुर बाेगटी, बैतडीका लिलाधर भट्ट र बाजुराका सहदेव बाेगटी विजयी भएका छन् ।

केन्द्रीय सदस्यमा थप १५ नेता विजयी

केन्द्रीय सदस्यका सुदूरपश्चिमका १५ जना विजयी भएका छन् । युवा कलष्टरमा बाजुराका नरेश राेकाया सर्वसम्मत निर्वाचित भएका थिए।

सचिवमा पराजीत भएका थापासहसित सुदूरपश्चिमका १५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बैतडीका दामाेदर भण्डारी, कैलालीका झपट बहादुर रावल, कैलालीकै सन्ताेशकुमारी शर्मा थापा, बाजुराका लालबहादुर थापा, अछामका झपट बाेहरा, विजयी भएका छन् ।

यस्तै, कञ्चनपुरकि कमला बाेहरा, दार्चुलाका गणेश सिंह ठगुन्ना, कञ्चनपुरकि निरूदेवी पाल र बझाङका ऐन महर विजयी भएका छन्।

यस्तै, कञ्चनपुरका कृपाराम राना, कैलालीका गाैरीशंकर चाैधरी, बझाङका अफिलाल ओखेडा, बझाङकै आशा बिक विजयी भएका छन् ।

Loading...