एमाले परित्याग गरेका भट्ट लगायत दर्जनौ रास्वपा प्रवेश

अत्तरिया : कैलालीको अत्तरियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिले बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार अत्तरियास्थित प्रतीभा सामुदायीक पुस्तकालयमा सम्पन्न कार्यक्रममा केहि दिन अघि नेकपा एमाले पार्टी परित्याग गरेका गोकर्ण भट्टसहित दर्जनौ नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन ।

पार्टीका केन्द्रिय सचिवालय सदस्य दिपक बोहराको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको थीयो।

उक्त कार्यक्रममा नेता भट्ट, हरि फुलारा, सुदूरपश्चिमका जेनजी अगुवा नितिश जोशीसहित ४८ जना पार्टी प्रवेश गरेका हुन।

Deep Jyoti Pustak psl
Loading...