धनगढी : कैलालीमा एकै दिन २४ जना फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएपछि फरार रहेका २४ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरी कैलाली जिल्ला अदालतमा उपस्थित गराईएको बताएको छ।
