कैलालीमा करेन्ट लागेर २९ वर्षीय युवकको मृत्यु

धनगढी : कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको जानकी गाउँपालिका–२ प्रगतीनगरका २९ वर्षीय श्यामलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

जानकी गाउँपालिका–२ मा रहेको रोरा नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि टीकापुर अस्पताल टीकापुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Deep Jyoti Pustak psl
Loading...