सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र स्वामी रामदेवबिच धार्मिक पर्यटन विषय छलफल

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको दिल्लीमा स्वास्थ्य उपचारको क्रममा स्वामी रामदेव र आचार्य बालकृष्णसँग धार्मिक पर्यटन विकासको विषयमा छलफल गरेका छन् ।

स्वास्थ्य समस्याका कारण नयाँ दिल्ली गएका मुख्यमन्त्री शाहले दुवैसँग सुदूरपश्चिममा धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोगका लागि अनुरोध गरेका थिए ।

मुख्यमन्त्री शाह दायाँ खुट्टाको हड्डी र नसा सम्बन्धी समस्याबाट ग्रसित थिए र एक हप्ता अघि उपचारका लागि दिल्ली प्रस्थान गरेका थिए । म्याक्स अस्पतालमा एकचरणको उपचारपछि उनि मङ्गलबार स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् ।

शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार, उनले यसअघि धनगढीको सेती प्रादेशिक अस्पताल र काठमाडौंको वीर अस्पतालमा पनि उपचार गरेका थिए ।

Deep Jyoti Pustak psl
Loading...