अछामबाट फरार २ जना पक्राउ

अछाम :अछामबाट सवारी ज्यान र बैंकिङ कसुर मुद्दामा फरार २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत अछामको मिति २०८१ असार २६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद र २ हजार जरिवाना तोकिएपछि फरार रहेका चौरपाटी गाउँपालिका–५ बस्ने तेजबहादुर रावल र मिति २०८२ असार १७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र २० हजार जरिवाना तोकिएका साँफेबगर नगरपालिका५ नवठाना बस्ने रेमन्त बहादुर ठकुल्ला पक्राउ परेका हुन्।

फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरी जिल्ला अदालत अछाममा उपस्थित गराईएको जनाइएको छ।

Loading...