अत्तरिया : कैलालीको अत्तरियामा पुस ९ गते (बुधबार) देखि सुरु भएको ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ मा आज राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीका साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएका छन् ।
महोत्सवमा आज गायक हेमन्त शर्मा, चेतन बोहरा, भुवन दाहाल, सरस्वती सेठी, पवित्रा भण्डारी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ ।
महोत्सवको दोसो दिन १० गते हिजो चर्चित गायक रमेश राज भट्टराई, गायिका समिक्षा अधिकारी, मनोज धामी, लक्ष्मी राना, ऐश्वर्या विष्ट को बेजोड प्रस्तुती रहेको थियो ।
पौष ९ गतेदेखी सुरु भएको महोत्सव पौष १९ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा १८० स्टल रहेका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने आयोजकले जनाईएको छ ।
अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।
महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । जसमा एक करोड कारोबार हुने अपेक्षा लिइएको छ ।
महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको न्यु सृजनशिल युवा क्लबका अध्यक्ष नर बहादुर राईले बताएका छन् ।