अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–११ मा एक दिने आँखा, कान र दाँतसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
ग्वासी समैजी सार्वजनिक वन उपभोक्ता समिती, गोदावरी–११ को आयोजनामा पुस १२ गते कैलाश आधारभूत विद्यालयमा शिविर आयोजना गर्न लागिएको हो। शिविर बिहान ९ बजेदेखि सञ्चालन हुनेछ।
गेटा आँखा अस्पताल, इम्प्याक्ट नेपाल अत्तरिया, शिशिर डेन्टल अत्तरियाको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गरिने आयोजकले जनाएको छ।
