अत्तरिया महोत्सवमा आज गायक चक्र बम, गायिका रचना रिमाल लगायत कलाकारको प्रस्तुति रहने

अत्तरिया : कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी साँस्कृतिक महोत्सवमा आज मंगलबार पनि राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ ।

महोत्सवमा लोकप्रिय गायक चक्र बम, गायिका रचना रिमाल, डान्सर स्मारिका ढकाल, नायक प्रभात पाल ठकुरी, गायक लाल बोगटी, रहडि मान जोरा, अमर राना लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवको छैठौ दिन सोमबार रामजी खाँड, नायक प्रभात पाल ठकुरी, गायिका अस्मिता अधिकारी, लक्ष्मी नेपाली, डान्सर सबिता लामा सहित लगायत स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु सहित बिभिन्न डान्स क्लबहरुको नृत्य पनि प्रस्तुत भईरहेको आयोजकले जनाईएको छ ।

आज मंगलबार सार्वजनिक बिदा तथा सुदूरपश्चिममा मनाइने पुस १५ पनि परेको हुँदा महोत्सव अवलोकन गर्नेहरूको भिड बढ्ने आयोजकले अपेक्षा गरेको छ ।‌

महोत्सवमा स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, थारु गाउँ प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएका छन् ।

पौष ९ गतेदेखी सुरु भएको महोत्सव पौष १९ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा १८० स्टल रहेका छन् । अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।

महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको न्यु सृजनशिल युवा क्लबका अध्यक्ष नर बहादुर राईले बताएका छन् ।

Deep Jyoti Pustak psl
Loading...