अत्तरिया महोत्सवमा आज प्रकाश सपुत, एन्जिला रेग्मी, सौगात ओझा लगायत कलाकारको प्रस्तुति रहने

अत्तरिया : कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी साँस्कृतिक महोत्सवको नवौँ दिन आज (बिहीबार) पनि राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ ।

महोत्सवमा आज चर्चित गायक प्रकाश सपुत, गायिका एन्जिला रेग्मी, गायक सौगात ओझा, गायक तथा हाँस्यकलाकार निशान परियार, गायक मेघान कठायत, राज केशव, डान्सर गङ्गा थापा मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवको आठौँ दिन बुधबार लोकप्रिय गायक टंक तिमिल्सिना, गायिका ईव्सल सन्ज्यल, गायक रेस बिसी, डान्सर पुजा मगर, हाँस्यकलाकार अशोक कुँवर लगायत स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु सहित बिभिन्न डान्स क्लबहरुको नृत्य पनि प्रस्तुत भईरहेको आयोजकले जनाईएको छ ।

महोत्सवमा स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, थारु गाउँ प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएका छन् ।

पौष ९ गतेदेखी सुरु भएको महोत्सव पौष १९ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा १८० स्टल रहेका छन् । अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।

महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको न्यु सृजनशिल युवा क्लबका अध्यक्ष नर बहादुर राईले बताएका छन् ।

Deep Jyoti Pustak psl
Loading...