बाजुरामा चिसोले गर्दा परीक्षा प्रभावित

बाजुरा : पुस महिना सुरु भएसँगै बाजुरामा चिसो निकै बढेको छ। अहिले यहाँका विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भएको छ।

चिसोले गर्दा भने परीक्षा प्रभावित भएको छ। कक्षा कोठामा परीक्षा दिन गाह्रो भएपछि यहाँका बालबालिकाले बाहिर घाममा बसेर परीक्षा दिने गरेका छन्। कक्षाकोठामा परीक्षा दिन समस्या भएपछि दोस्रो त्रैमासिक परीक्षा बाहिर घाममा बसेर दिने गरेको तोली देवलडाँडा माविकी छात्रा सङ्गीता साउदले बताईन्।

उनले भनिन् ’वार्षिक परीक्षा अली गर्मी समयमा हुने भएकाले त्यतिबेला हामी कक्षाभित्र बसेर परीक्षा दिने गर्छौं।’ अहिले चिसोको समय छ। त्यसै बेलामा दोस्रो त्रैमासिक परीक्षा पनि सञ्चालन भएकाले भित्र बस्न नसकेर बाहिर घाममा बसेर परीक्षा गराइएको प्रधानाध्यापक विष्णुप्रसाद ओझाले बताए।

उनले भने, ’अहिले कक्षा १ देखि १२ सम्म ४५३ छात्रा र चार सय छात्र गरेरर ८५३ जना विद्यार्थी अध्ययनरत रहेका छन्।’ हामीले यहाँका बालबालिकाको आवश्यकता अनुसारको शिक्षा प्रदान गर्ने गरेर फेरि पनि लागि परेका छौँ।

यो वर्ष हामीले यहाँका गरिब, अपाङ्ग, असहाय, टुहुरा बालबालिकालाई विद्यालयमै बसालेर शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरेर छात्रावास निर्माणको तयारीमा रहेको ओझाले बताए।

Deep Jyoti Pustak psl
Loading...