गेटामा भोलि बृहत देउडा कार्यक्रम हुदै

अत्तरिया : कैलालीको गेटामा भोलि शनिबार बृहत देउडा कार्यक्रम हुने भएको छ ।

गोदावरी-५ गेटामा अछाम कालिका सेवा समितिको आयोजनामा माघि पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत देउडा कार्यक्रम हुने भएको हो ।

गेटा स्थित कालिका बालबिकास केन्द्रको प्राङ्गण अछामि टोलमा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुने आयोजक अछाम कालिका सेवा समितिले जनाएको छ ।

कार्यक्रममा देउडिया दिपक रिमाल र टीका साउँदको बेजोड देउडा प्रस्तुति रहने पनि आयोजकले जनाएको छ ।

कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्न सम्पुर्णमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।

 

Loading...