सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा पुस ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

पश्चिम नेपालका थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले उक्त दिन बिदा दिएको हो।

पुस महिनाको अन्तिम दिन थारु समुदायमा ‘जिता पर्व’का रूपमा बंगुर (जिता) मारेर सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहेको छ। यही कारण प्रदेश राजपत्रमा पुस ३० गतेलाई ‘जिता पर्व’ उल्लेख गर्दै सार्वजनिक बिदा तोकिएको छ।

थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने चलन छ। पुसको अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष कार्यक्रमसहित पर्व मनाइन्छ।

माघ १ गतेलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइँदै आएको छ भने त्यसपछिका दिनहरूमा स्थानीय तहबाट पनि बिदा दिने प्रचलन रहँदै आएको छ।

Deep Jyoti Pustak psl
Loading...