बाजुरा : बाजुरामा आफ्नै घरको छतबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।
शुक्रबार बडिमालिका नगरपालिका-९ गैरीबजार बस्ने ७२ वर्षकी कमला लुहारको छतबाट लडेर मृत्यु भएको हो । घरको छतमा बसिरहेको अवस्थामा एक्कासी लडेर उनी बेहोस भएको प्रहरीले जनाएको छ ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल बाजुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।
